काठमाडौँ
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार डिजेल र पेट्रोलमा प्रतिलिटर दुई,दुई रुपैयाँ मूल्य बढाइएको हो । स्वचालित प्रणाली अनुसार मूल्यवृद्धि गरिएपछि अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) ले बढेको मूल्यसूची पठाएपछि मूल्य बढाउनु परेको जानकारी प्रवक्ता गोइतले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा पनि स्वचालित प्रणाली अनुसार मुल्य वढाइएको आयल निगमले जनाएको छ । बढाइएको मुल्य आजै राती १२ बजे देखि लागू हुने बताइएको छ । मट्टीतेल, हवाई इन्धन र एलपी ग्याँसको मूल्यमा भने कुनै हेरफेर भएको छैन ।































प्रतिक्रिया