काठमाडौँ
सरकारले सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्ने नियम ल्याएको छ । आइतबार देखि लागु भएको नयाँ नियम कार्यान्वयन भए यातायात व्यवसायीको दादागिरी अन्त्य हुनेछ । भक्तपुरका यातायात व्यवसायीले कम्पनीमा दर्ता भइ काठमाडौं बनेपामा सञ्चालनमा आएको मयूर यातायातको विरोधमा चरणबद्ध आन्दोलन सुरु गरेपछि यातायात व्यवस्था विभागले यो नियम लागू गरेको हो ।
सार्वजनिक सवारी साधनले अब सवारी पञ्जीकरण नगरी नयाँ दर्ता र नविकरण गर्न नपाउँने नयाँ नियम ल्याएको हो । यसले सवारी साधनको दादागिरी स्वःतह अन्त हुनेछ ।
नियम अनुसार सार्वजनिक सवारी साधनको रुट इजाजतका लागि कम्पनी वा फर्मबाट मात्र सवारी पञ्जीकरण गरेर नयाँ दर्ता र नविकरण गर्न पाउने छन् । पञ्जीकरण नभएका सवारीको रुट इजाजत देखि सवारी नविकरण नहुने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । कम्पनीमा पञ्जीकरण भएर आएका सवारी साधनलाई जुन रुटमा सवारी प्रयोग गर्न चाहेको हो सोही रुटको इजाजत दिइने छ । रुट इजाजतका लागि विभिन्न नामका यातायात समितिको सिफारिस चाहिँने व्यवस्थाको अन्त्य गरेको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया