काठमाडौँ

भारत सरकारको सहयोगमा नेपालका पाँच स्थान रेलमार्गमा जोडिने भएका छन् । आठ वर्ष अघि दुई देश बीच भएको समझदारी अनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउनेछ । "/>

अब नेपालका पाँच सहर भारतीय रेलबाट जोडिँदै

अब नेपालका पाँच सहर भारतीय रेलबाट जोडिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

भारत सरकारको सहयोगमा नेपालका पाँच स्थान रेलमार्गमा जोडिने भएका छन् । आठ वर्ष अघि दुई देश बीच भएको समझदारी अनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउनेछ । नेपाल र भारतबीच भएको समझदारी अनुसार बर्दिबास जयनगर ६८ दशमलव ७२ किलोमिटर लामो रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बदिबास जयनगर रेलमार्गले भारतको मधुवनी जिल्ला हुँदै नेपालको धनुषा, महोत्तरी र सिराहा जिल्लालाई समट्नेछ । नेपालतर्फ कूल ६५ दशमलव ७३ किमी रेलमार्ग पर्दछ भने भारततर्फ २ दशमलव ९९ किमी पर्दछ । सो रेलमार्गमा गुड्ने रेलको गति १०० किमी प्रतिघण्टा रहनेछ ।

सो रेलमार्गमा १७ वटा ठूला पुल र १२३ वटा साना पुल निर्माण भएका छन् । भारत सरकारको तर्फबाट रेल जोडिने बित्तिकै बदिबास जयनगर रेल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सम्भवतः आगामी वैशाख देखि नै सो रेलमार्गमा रेल चल्नेछ । इञ्जिन र डिब्बा खरिदबारे चाँडो निर्णय भए जयनगर देखि धनुषाको कुर्थासम्म निर्माण सम्पन्न भएको रेलमार्गमा रेल चलाउन सकिने रेल विभाग, नेपालका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायको भनाइ छ ।

यो मार्गमा चलाउन लागिएको रेल ब्रोडगेज रेल हो । ‘ब्रोडगेज रेलको चालक तथा मर्मतसंभार गर्ने जनशक्ति नभएपछि विभागले चीन र भारतमा केही प्राविधिकलाई तालिमका लागि पठाइएको छ । यस्तै समझदारी अनुसार, विराटनगर जोगवनी १८ दशमलव ६ किमी, भैरहवा नौतनवा १५ दशमलव ३० किमी, नेपालगञ्ज नेपालगञ्ज रोड १२ दशमलव ११ किमी, काँकडभिट्टा जल्पाइगुडी ७० किमी रेलमार्ग निर्माण हुनेछन् ।

जोगवनी विराटनगर रेलमार्ग भारततर्फ ५ दशमलव ४५ किमी र नेपालतर्फ १३ दशमलव १५ किमी पर्नेछ । रेलको गति भने १०० किमी प्रतिघण्टा नै रहनेछ । सो रेलमार्गमा तीन मुख्य र २९ वटा सहायक पुल पर्नेछन् । उक्त रेलमार्ग दुई चरणमा निर्माण गरिने छ । सन् २०२० सम्ममा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo