कञ्चनपुर

प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले कृषिलाई विशेष प्राथमिकतामा राखी एक अर्ब दुई करोड पाँच लाखको बजेट ल्याउन लागिएको बताएका छन् । "/>

प्रदेश नं. ७ः एक अर्बको अल्पकालीन बजेट ल्याइने

प्रदेश नं. ७ः एक अर्बको अल्पकालीन बजेट ल्याइने

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर

प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले कृषिलाई विशेष प्राथमिकतामा राखी एक अर्ब दुई करोड पाँच लाखको बजेट ल्याउन लागिएको बताएका छन् ।वेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको निरीक्षणका लागि शुक्रबार त्यहाँ पुगेका मन्त्री बोहराले प्रदेशमा २५ करोडको तरकारी भारतबाट भित्रिने गरेको उल्लेख गर्दै भारतीय तरकारीलाई विस्थापन गर्न किसानमुखी बजेट ल्याउन लागिएको बताए ।

दैजी छेला औद्योगिक क्षेत्र निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइने उनले बताए । दैजी–जोगबुढा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, तटबन्ध निर्माणका लागि काम अगाडि बढाउन र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न जग्गाको नापनक्शा बनाई जग्गाधनी पुर्जा दिने काम अगाडि बढाइदिन नगरपालिकाका प्रमख अशोककुमार चन्दले मन्त्री बोहरा समक्ष आग्रह गरेका थिए ।
रासस

Skip This
Skip This
Logo