काठमाडौं

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले सरकारले सार्वजनिक बिदा कटौती गरेको विषयमा विरोध जनाएका छन् । "/>

संसदमा बिदा कटौतीको विरोध गर्दै साँसदहरुले यसो भने…!

संसदमा बिदा कटौतीको विरोध गर्दै साँसदहरुले यसो भने…!

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले सरकारले सार्वजनिक बिदा कटौती गरेको विषयमा विरोध जनाएका छन् । सांसद दिलेन्द्र प्रसाद बडुले फागुन ७ गते प्रजातन्त्र दिवसमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरिएकोमा आपत्ति जनाएका छन् । उनले यसलाई षड्यन्त्रपूर्वक हटाइएको बताए । सांसद अनिलकुमार झाले सरकारले छठ पर्वको बिदा कटौती गरेकोमा आपत्ति व्यक्त गरे । उनले गजेन्द्र नारायण सिंहले छठ पर्वमा सार्वजनिक बिदा दिनु पर्ने भन्दै कडा संघर्ष गरेर स्थापित गराएको बताए ।

सांसद दुर्गा पौडेलले प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था राखेर कानुन निर्माण गर्नुपर्ने बताइन् । सांसद गजेन्द्रबहादुर महतले निर्वाचन क्षेत्र विकासको रकम ३ करोडबाट बढाएर १० करोड पु¥याउनु पर्ने बताए । सांसद प्रेम सुवालले राष्ट्रपतिको सवारी हुँदा सडक अस्तव्यस्त हुने गरेको भन्दै यस्ता आधारभूत कुरामा ध्यान दिन सरकारसँग माग गरे।

राष्ट्रियसभा सांसदहरूले महिला हिंसा र बलात्कारका घटना नियन्त्रण गर्न नसकिएको बताएका छन् । सांसद विमला गौतमले अहिले पनि समाजमा बलात्कारका घटना बढिरहेको बताइन् । यस्ता घटना नियन्त्रण गर्न सरकारले आवश्यक कदम चाल्नु पर्ने उनले बताइन् ।
नागरिकबाट

Logo