काठमाडौं

मुलुकको एक मात्र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान चापलाई मध्यनजर गर्दै पर्यटन मन्त्रालयले हाल दैनिक १७ घण्टा सञ्चालन हुँदै आएको विमानस्थललाई अब दैनिक २१ घण्टा सञ्चालन गर्ने भएको छ । "/>

अब अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा संचालन हुने

अब अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा संचालन हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मुलुकको एक मात्र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान चापलाई मध्यनजर गर्दै पर्यटन मन्त्रालयले हाल दैनिक १७ घण्टा सञ्चालन हुँदै आएको विमानस्थललाई अब दैनिक २१ घण्टा सञ्चालन गर्ने भएको छ । पर्यटनमन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र उडान सुरक्षित बनाउन विमानस्थलको उडान लम्ब्याउने र विमानस्थललाई सबै खाले प्रविधिमैत्री बनाइने उल्लेख गरे ।

उनले भने, “आगामी १०० दिन भित्र विमानस्थललाई २१ घण्टा चलाउँछौँ , पछि २४ सै घण्टा सञ्चालन गरिनेछ । अहिले मुख्य समस्या भनेको एयर ट्राफिक जाम हो, जहाज आकाशमै अडिने ‘होल्ड’ हुने र विमान फर्कनु पर्ने बाध्यता छ ।” अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले दैनिक ४७४ वटा अन्तर्राष्ट्रिय उडान हुने गरेका छन् ।

विमानस्थलबाट आन्तरिक उडानलाई अन्यत्र स्थानान्तरण गर्न काभ्रेपलाञ्चोकको ठूलीचौरका साथै अन्य सम्भाव्य विकल्पको अध्ययन गरिने कार्ययोजनामा उल्लेख छ । अन्तर्राष्ट्रिय आगमनतर्फका यात्रुको बढीमा एक घण्टा भित्र लगेज पाउने व्यवस्था मिलाउनाका साथै टर्मिनल भवनलाई सुविधामैत्री बनाइनेछ ।
राजधानीबाट

Skip This
Skip This
Logo