भारत सरकारले ओलीको भारत भ्रमणको कार्यक्रम सार्वजनिक गर्‍यो

भारत सरकारले ओलीको भारत भ्रमणको कार्यक्रम सार्वजनिक गर्‍यो

केन्द्रबिन्दु
0
Shares

नेपालमा प्रधानमन्त्री के.पी. शर्मा ओलीको आगामी भारत भ्रमणको सम्बन्धमा प्रेस वक्तब्य मार्फत् भारतिय सरकारको धारणा आएको छ ।

वक्तब्यमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा नेपालमा प्रधानमन्त्री सहित उहाँकी धर्मपत्नि राधिका शाक्य लगायत नेपाली प्रतिनिधिमण्डल आउन लागेको जानकारी भारत सरकारले गराएको छ । राजकीय भ्रमणको संज्ञा दिईएको यो भ्रमण आगामी चैत्र २३ गते देखि २५ गते सम्म हुने जनाईएको छ ।

भ्रमणको क्रममा के.पी. शर्मा ओलीले भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न मन्त्रीहरुसंग द्धिपक्षिय भेटघाट गर्ने कार्यक्रम राखिएको छ । भ्रमणको क्रममा प्रधानमन्त्रीले उत्तराखण्डको पन्तनगरमा रहेको जिबी पन्त युनिभर्सिटी अफ अर्गिकल्चर एण्ड टेक्नोलोजिको भ्रमण गर्ने कार्यक्रम भारत सरकारले राखेको वक्तब्यमा जनाईएको छ ।

Logo