काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षको उमेरमा निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । "/>

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षको उमेरमा निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

फागुन ४ गते राति हृदयाघात भएपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका खड्कालाई फागुन ६ गते उपचारका लागि एपोलो लगिएको थियो । सुरुमा अवस्था सामान्य रहे पनि विस्तारै छाती र टाउकोमा समस्या देखिएको थियो भने मृगौलाले काम गर्न छाडेको थियो ।

खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । मिर्गौला प्रत्यारोपण गरिए पनि खड्का निरन्तर कांग्रेसको राजनीतिमा क्रियाशील थिए । उनको स्वाथ्य अवस्था बुझन् कांग्रेस नेता द्धय रमेश लेखक र शंकर भण्डारी दिल्ली गएका थिए ।

बिहीबारमात्रै स्वदेश फर्किएका ती नेताले कांग्रेस केन्द्रीय समितिको शुक्रबारको बैठकमा स्वास्थ्य अवस्थाबारे रिपोर्टिङ गरेका थिए । कांग्रेस प्रवक्ता शर्माले खड्काको पार्थिव शरीर नेपाल ल्याउनेबारे पार्टीले परिवारजनसँग सल्लाह भईरहेको बताएका छन् ।

‘श्रीमती र छोरी दिल्लीमै हुनुहुन्छ, छोरा पनि बेलायतबाट दिल्ली जाँदै हुनुहुन्छ,’ शर्माले भने, ‘परिवारसँग सल्लाह गरेपछि पार्थिव शरीर ल्याउने टुंगो लाग्छ ।’ कांग्रेसले एउटा टोली शनिबार नै दिल्ली पठाउनेछ । टोलीले दिल्लीमा रहेको परिवाजनसँग छलफल गरेर शव नेपाल ल्याउनेबारे निर्णय गर्नेछ ।

Logo