काठमाडौं ।
चलचित्र ‘कृ’ को गीत चोरी प्रकरणबारे ‘कृ’ का निर्माताहरुले स्पष्टिकरण दिएका छन् । गीत चाेरी काण्डमा कृका निर्माताहरू मुछिएपछि बिहीबार पत्रकार सम्मेलन गरी त्यस विषयमा स्पष्टीकरण दिएका हुन् ।
शम्भु प्रधानले कृ टिमलाइ गीत चाेरी गरेकाे अाराेप लगाएपछि कृका निर्माताहरूले गीत चाेरी नभएकाे दावी गरेका छन् । सम्मेलनमा भुवन केसीले अाफु चर्चामा अाउनकै लागि शम्भु प्रधानले गीत चाेरी गरेकाे अाराेप लगाएकाे बताए । केसीले भने, गीत काण्डकै कारणा प्रधान चलचित्र क्षेत्रमा चिनीएकाे बताए ।
केसीले यो घटना आफ्नो करिब ४ दशक लामो चलचित्र करिअरमै सबैभन्दा दुखद दिन भएको भन्दै सुरुवातमा शम्भु प्रधानले कारोबारको ५० प्रतिशत चाहिएको भन्दै बार्गेनिङ सुरु गरेको बताए ।
शम्भु प्रधानले पैसाको बार्गेनिङ गरेको भन्दै भूवनले एउटा सम्मानित मानिसले यस्तो व्यवहार देखाउँदा दुःख लाग्ने बताए ।





























प्रतिक्रिया