काठमाडौं
महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) तथा कन्सल्टेन्सीले ठगेको आरोपमा झन्डै एक अर्ब बिगो दाबी सहितका उजुरी परेका छन् । महाशाखाको आर्थिक वर्ष २०७२/०७३, २०७३/०७४ तथा चालू आर्थिक वर्षको फागुन सम्ममा वैदेशिक रोजगार सम्बन्धी ८७ करोड ३४ लाख १९ हजार चार सय रुपैयाँ र कन्सल्टेन्सी ठगी सम्बन्धी तीन करोड ९१ लाख १५ हजार ६ सय बिगो दाबी सहितका उजुरी परेका छन् ।
महाशाखामा आव २०७२/०७३ मा मेनपावर मार्फत एक करोड ३० लाख ७४ हजार ठगी भएको बिगो दाबी सहित उजुरी परेका थिए । त्यस अवधिमा वैदेशिक रोजगारका क्रममा भएको ठगी सम्बन्धी १७ उजुरी परेका थिए । २३ जना पीडितले ठगी आरोपमा १८ जना विरुद्ध उजुरी गरेका थिए । त्यस मध्ये प्रहरीले १२ उजुरी दर्ता गरी ८६ लाख बिगो दाबी सहित मुद्दा अघि बढाएको थियो । अनुसन्धानका क्रममा १३ जनालाई पक्राउ गरी कारबाही गरिएको थियो । प्रहरीमा परेका मध्ये तीनवटा उजुरीमा मिलापत्र गरिएको थियो । मिलपत्र गरिएका उजुरीमा १९ लाख ४० हजार पाँच सय रुपैयाँ बिगो दाबी गरिएको थियो ।
त्यस्तै आव २०७३/७४ मा महाशाखामा वैदेशिक रोजगारी ठगी सम्बन्धी पाँच सय १३ उजुरी दर्ता भएका थिए । ६२ करोड ७७ लाख ४२ हजार एक सय ३१ रुपैयाँ बिगो दाबी सहित दर्ता भएका उजुरी मध्येबाट प्रहरीले ३४ वटामा मुद्दा चलाएको थियो । ती मुद्दामा प्रहरीले ६ करोड ३८ लाख १० हजार दुई सय २५ रुपैयाँ बिगो दाबी गरेको थियो । एक सय ८१ उजुरीमा मिलापत्र गरिएको थियो । यी उजुरीमा २१ करोड १८ लाख ६९ हजार रुपैयाँ बिगो दाबी गरिएको थियो ।
चालू आर्थिक वर्षको फागुन सम्ममा महाशाखामा वैदेशिक रोजगार ठगी सम्बन्धी एक सय २९ उजुरी दर्ता भएका छन् । यी उजुरीमा २३ करोड २६ लाख तीन हजार दुई सय ६३ रुपैयाँ बिगो दाबी गरिएको छ । यी मध्ये प्रहरीले दुई करोड ४७ लाख ९४ हजार ६ सय ६७ रुपैयाँ बिगो दाबी सहित १४ जनालाई मुद्दा चलाएको छ । उजुरी परेका मध्ये ३७ वटामा मिलापत्र भएको तिनमा तीन करोड १९ लाख एक हजार रुपैयाँ बिगो दाबी रहेको तथ्यांकमा उल्लेख छ ।
नागरिकबाट





























प्रतिक्रिया