काठमाडौं
बानेश्वरस्थित संघीय संसद भवनमा कार्यरत कर्मचारीहरुले सो भवनका प्रमुख कार्यकारी निर्देशक पुरुषोत्तम अमात्य विरुद्ध आन्दोलन चर्काएका छन् । कार्यालय प्रमुख पदको दुरुपयोग गरी कार्यालय हाताभित्र मनोमानी गरेको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनले प्रमुख आमात्य विरुद्ध आन्दोलन चर्काएको हो । चैत ६ गते देखि आन्दोलन जारी छ ।
संगठनका अध्यक्ष छलराम प्रसाद पौड्यालका अनुसार कार्यालय प्रमुखले सवारीसाधान दुरुपयोग गरेको, जिन्सी सामान कौडीको भाउमा बेचेको र अनाधिकृत व्यक्तिलाई आवास क्षेत्र दिएकाले आन्दोलन गर्नु परेको बताए । ‘गरिमामय संसद् भवन भित्रको धार्मिक महत्वका वरपीपल र रुद्राक्ष लगायत रुख काटेको, संसद हाता भित्र नै मासु, सेकुवा र मद्यपान गराउने देखि अनाधिकृत व्यक्तिलाई आवास उपलब्ध गराएपछि आन्दोलन गर्नु परेको हो,’ पौडेलले भने, ‘संसदलाई मर्यादित नबनाए सम्म कर्मचारीको आन्दोलन जारी रहनेछ ।’ उनका अनुसार चैत १५ गते (आज) राष्ट्रपति विद्यादेवी भण्डारी सम्बोधनका लागि आउने भएकाले एक दिन आन्दोलन रोकिएको छ ।
संगठनका अनुसार संसद भवन भित्रका कुर्सी, फलामजन्य सामान कौडीको भाऊमा बेचेको, धार्मिक रूखबुट्यान कटान गरी बिक्री गर्ने कार्यमा सहसचिव अमात्य संलग्न रहदै आएका छन् । सहरी विकास अन्तर्गत रहेको सो भवन अमात्यले हेर्दै आएका छन् । त्यस माथि संघीय संसद्ले सो भवन भित्र घरवार गरी बसेका कर्मचारीलाई हटाउन पटक निर्देशन दिदा पनि अटेर गरेको संगठनको थप आरोप छ ।
नागरिकबाट































प्रतिक्रिया