जाजरकोट

पैदलयात्राका क्रममा लडेर मान्छेको मृत्यु हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । "/>

जाजरकोटमा भीरबाट लडेर चार जनाको मृत्यु !

जाजरकोटमा भीरबाट लडेर चार जनाको मृत्यु !

केन्द्रबिन्दु
0
Shares

जाजरकोट

पैदलयात्राका क्रममा लडेर मान्छेको मृत्यु हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर जाजरकोटको बारेकोट गाउँपालिकासम्म आवतजावत गर्दा अप्ठ्यारो बाटोका कारण लडेर मृत्युवरण गर्नु पर्ने बाध्यता छ । बारेकोट जोड्ने बाटो नहुँदा सो गाउँपालिका जान भीरपाखा प्रयोग गर्नु पर्ने बाध्यता छ । भीरमा गर्नु पर्ने जोखिमपूर्ण यात्राका क्रममा चार जनाले ज्यान गुमाइसकेका छन् ।

गाउँपालिका भएर बग्ने नलसिंहगाड (खोला) मा अस्थायी रूपमा हालिएका लाप्का (काठे पुल) बाट खसेर समेत बटुवाको ज्यान जाने गरेको छ । नलगाड नगरपालिका कालिमाटीस्थित गेरेनीको भीरबाटोमा बटुवाको लडेर ज्यान जाने गरेको बारेकोट–२ का चित्रबहादुर बस्नेतले बताए । नलसिंहगाडमा हालिएका काठका लाप्काबाट नदीमा खसेर पनि बटुवाको ज्यान जाने गरेको बस्नेतको भनार्इ छ । अप्ठ्यारो बाटोबाट लडेर र लाप्काबाट नदीमा खसेर चार जनाको मृत्यु भएको छ । सोमबार नलसिंहगाडमा हालिएको लाप्काबाट नदीमा खसेर बारेकोट गाउँपालिका–९ का ४० वर्षीय कालीबहादुर नेपालीको मृत्यु भएको छ । त्यस्तै बारेकोट–४ का मानबहादुर बस्नेतको पनि एक महिना अघि भीरबाट लडेर मृत्यु भएको थियो ।

गेरेनीको भीरबाटोबाट बारेकोट जाने र बारेकोटबाट आउने क्रममा लडेर चार जनाको मृत्यु भएको छ । चार जनाको मृत्यु भइसक्दा पनि स्थानीय सरकारले वैकल्पिक घोरेटो बाटो बनाउन कुनै योजना नबनाएको भन्दै स्थानीय आक्रोशित छन् । बारेकोटबाट सदरमुकाम खलंगा आवतजावत गर्ने कालीमाटी गेरेनीको तीन किलोमिटर बाटोमा नलसिंहगाड जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण जारी छ । पहुँच मार्ग निर्माणका क्रममा पुराना बाटो भत्किएका छन् । पहुँच मार्ग निर्माणको ढिलाइले बारेकोटवासीले सास्ती खेप्तै आएका छन् ।
राजधानीबाट

Logo