हेटौंडा
प्रदेश ३ को स्थायी राजधानी काभ्रे सार्न प्रदेशसभा सचिवालयमा बुधबार प्रस्ताव दर्ता भएको छ । एमाले काभ्रेका सांसद चन्द्र बहादुर लामाले काभ्रेको बनेपा स्थित आइटीपार्कमा स्थायी राजधानी बनाउन माग गर्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएको प्रदेश सभाका सचिव भरत कुमार बुढाथोकीले जानकारी दिए । "/>

प्रदेश नं. ३ को राजधानी काभ्रे सार्न प्रस्ताव

प्रदेश नं. ३ को राजधानी काभ्रे सार्न प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

हेटौंडा
प्रदेश ३ को स्थायी राजधानी काभ्रे सार्न प्रदेशसभा सचिवालयमा बुधबार प्रस्ताव दर्ता भएको छ । एमाले काभ्रेका सांसद चन्द्र बहादुर लामाले काभ्रेको बनेपा स्थित आइटीपार्कमा स्थायी राजधानी बनाउन माग गर्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएको प्रदेश सभाका सचिव भरत कुमार बुढाथोकीले जानकारी दिए ।

नेपालको संविधानको धारा २८८ को उपधारा (२) मा प्रदेशको राजधानी प्रदेश सभाको दुई तिहाई सदस्यको निर्णय बमोजिम हुने व्यवस्था अनुरुप प्रस्ताव दर्ता गराएको लामाले बताए । उक्त प्रस्तावमा एमाले काभ्रेका सांसद लक्ष्मण लम्साल, नेकपा एमाले काभ्रेका अर्का सांसद बसुन्धरा हुँमागाई र नेकपा माओवादी केन्द्र काभ्रेका सांसद रत्न ढकालले समर्थन गरेका छन् ।

संविधान अनुसार प्रदेशसभा गठन भएको ६ महिना भित्र प्रदेशको स्थायी राजधानी तोकि सक्नु पर्ने हुन्छ । ०७४ साल माघ ३ गते बसेको तत्कालीन शेर बहादुर देउवा सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडा बनाउने निर्णय गरेको थियो । प्रदेशसभामा सचिवालयमा राजधानी सार्ने प्रस्ताव दर्ता भएपछि सभामुखले उक्त प्रस्तावलाई प्रदेशसभा बैठकमा निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo