काठमाडौँ:
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवामाथि प्रश्नको बर्षा गरेका छन् । "/>

शेखर कोइरालाले शेरबहादुरलाई सोधेःयो पटक हँसिया हथौडालाई भोट, अर्को चोटि चैं के मा ?

शेखर कोइरालाले शेरबहादुरलाई सोधेःयो पटक हँसिया हथौडालाई भोट, अर्को चोटि चैं के मा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ:
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवामाथि प्रश्नको बर्षा गरेका छन् । सोमबार पार्टी मूख्यालय सानेपामा बसेको केन्द्रीय कार्य समिति बैठकमा कोइरालाले देउवाकै कारण पार्टी इतिहासमै सबैभन्दा कम्जोर अवस्थामा पुगेको आरोप पनि लगाए ।

‘प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै मैले सभापतिज्यूलाई भनेको थिएँ-पार्टी त कब्जा गर्नुभयो तर देश कम्युनिष्टले कब्जा गर्छ । हो आज हामी त्यही बिन्दुमा आइपुगेका छौँ’, लिखित धारणा राख्दै कोइरालाले भने, ‘पार्टी सभापतिज्यू कांग्रेसले सबै क्रान्तिहरुको नेतृत्व गर्यो, सबै प्रकारका निरकुंशतालाई परास्त गर्यो, गणतन्त्र ल्यायो, संविधान जारी गर्यो, २० वर्षसम्म हुन नसकेको स्थानीय तहको निर्वाचन र्यो तर पनि आज आफैँ इतिहासमै कमजोर भएको छ यसको कारण खोजिन जरुरी छ ।’ चितवनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणुलाई जिताउन कांग्रेस कार्यकर्तालाई हँसिया हथौडामा भोट हाल्न लाउनु देशभरकै चुनावी परिणामका लागि घातकसिद्ध भएको पनि कोइरालाको निचोड थियो ।

‘पार्टी सभापतिज्यू सायद स्थानीय निर्वाचनपछि चितवन जानुभएको छैन होला । यदि गए पनि कार्यकर्तालाई भेट्नुभएको छैन होला । महामन्त्रीजी धेरै पटक जानुभयो, तर कार्याकर्तासँग राम्ररी संवाद भएको छैन होला । चितवनका कार्याकर्ताले हामीलाई सोध्न थालेका छन्-अब आउने निर्वाचनमा हामीले के मा भोट हाल्ने ? सभापतिजी हामीले कार्यकतालाई के जवाफ दिने ?’, कोइरालाले प्रश्न गरेका छन्, ‘जुन पार्टीभित्र आजसम्म पनि कम्युनिष्टसँगको सहकार्यको परिणामले देश र जनतालाई हित गर्यो कि गरेन भन्ने बहस छ । त्यही पार्टीको सभापतिले माओवादीको आमसभामा गएर हँसिया हथौडामा भोट माग्दा अन्य ठाउँमा माओवादीसँगै प्रतिस्पर्धा गरिरहेका कांग्रेसका उम्मेद्वारको मनोबल कहाँ पुग्यो होला ?’

नेपाली कांग्रेसले देशका सबै परिवर्तनमा निर्णायक र नेतृत्वदायी भूमिका खेलेको स्मरण गराउँदै कोइरालाले अहिले कांग्रेस इतिहासमै कमजोर हुनुको कारण खोजिनुपर्ने माग गरे । ‘केन्द्र र सातवटै प्रदेशमा कांगेसको न्युन उपस्थिति छ । अझ भन्नुपर्दा सबै ठाउँमा हामीले प्रतिपक्षको हैसियत पनि गुमाएका छौं’, उनले भने, ‘यस्तो अवस्थामा समानुपातिक र पपुलर भोटको आधारमा हामी हारेका छैनौँ भन्नु लज्जास्पद हो । नेतृत्वले हार स्वीकार्न सक्नुपर्छ । तब मात्र सुधार सम्भव छ ।’
 अन्नपूर्णबाट

Skip This
Skip This
Logo