काठमाडौं
उखु किसानलाई तिर्न बाँकी साँढे नौ अर्ब रुपैयाँ तत्काल नदिए चिनी उद्योगी माथि कारबाही गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको चेतावनीपछि उद्योगीहरू भुक्तानी गर्न तयार भएका छन् । "/>

मन्त्रीको चेतावनी पछि उखु किसानलाई भुक्तानी दिन उद्योगी तयार

मन्त्रीको चेतावनी पछि उखु किसानलाई भुक्तानी दिन उद्योगी तयार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
उखु किसानलाई तिर्न बाँकी साँढे नौ अर्ब रुपैयाँ तत्काल नदिए चिनी उद्योगी माथि कारबाही गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको चेतावनीपछि उद्योगीहरू भुक्तानी गर्न तयार भएका छन् । सरकार, उद्योगी र किसान बीच शनिबार मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले किसानलाई दिनु पर्ने रकम चुक्ता नगरे पक्राउ गरेर थुन्ने चेतावनी दिएपछि उद्योगीले चैत २२ गते देखि बाँकी भुक्तानी दिने प्रतिबद्धता जनाएका हुन् । ‘चिनी मिल उद्योगी २२ गते देखि उखुको भुक्तानी तिर्न तयार भएका छन्,’ मन्त्री यादवले भने, ‘किसानको समस्या तत्काल सम्बोधन गर्ने सहमति भएको छ । उहाँहरुले भुक्तानी किस्ताबन्दीमा गर्ने भन्नु भएको छ ।’

बैठकमा मन्त्री यादवले आइतबार १ बजे सम्म किसानको भुक्तानी समय तोक्न आदेश दिँदै त्यसो नगरे पक्राउ गरेर थुन्ने सम्मको चेतावनी दिएका थिए । उनले भुक्तानीको समय तालिका तोकेर आइतबार सरकार, किसान र उद्योगमा सार्वजनिक सूचना जारी गरेर जानकारी गराउन भनेका थिए । मन्त्री यादवको चेतवनीपछि चिनी उद्योगीले किसानलाई तिर्न बाँकी साँढे ९ अर्ब रुपैयाँ तिर्न तयार भएका थिए । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले विभिन्न १३ वटा चिनी मिलले झन्डै साढे ९ अर्ब रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताए। उनका अनुसार अधिकांश मिलले किसानबाट उधारोमा उखु खरिद गरेर लामो समयसम्म भुक्तानी गरेका छैनन्। उखुको भुक्तानी नपाउँदा किसान मर्कामा परेका छन्।
नागरिकबाट

Logo