चन्द्र भण्डारी, सुनिल शर्मा र केदार कार्की पनि विशेष महाधिवेशनमा सहभागी

चन्द्र भण्डारी, सुनिल शर्मा र केदार कार्की पनि विशेष महाधिवेशनमा सहभागी

केन्द्रबिन्दु
87
Shares

काठमाडौँ ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन डा. चन्द्र भण्डारी, डा. सुनिलकुमार शर्मा र केदार कार्की भृकुटीमण्डप पुगेका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन भण्डारी र शर्मा उपस्थित भएका हुन्।

डा. शेखर कोइरालाका विश्वासपात्र मानिने कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। उनी हाल काठमाडौँको भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा पुगिसकेका छन्।

कांग्रेस नेता शेखर कोइराला निकट रहेका भण्डारी, शर्मा र कार्की केही दिनदेखि विशेष महाधिवेशनप्रति सकारात्मक देखिँदै आएका थिए। यद्यपि, उनीहरू यसअघि विशेष महाधिवेशनको पक्षमा खुला रूपमा उभिएका थिएनन्।

Skip This
Skip This
Logo