स्थानीय निकायसँग सहकार्य बढाउँदै साझा यातायात

स्थानीय निकायसँग सहकार्य बढाउँदै साझा यातायात

केन्द्रबिन्दु
0
Shares

साझा यातायातले स्थानीय निकायसँगको सहकार्य बढाएको छ । 

साझाले यसअघि नै काठमाडौंँ र ललितपुर महानगरपालिकासँग सहकार्य गरिसकेको छ । आगामी दिनमा अरु स्थानीय निकायसँगको सहकार्य बढाउँदै जाने योजना रहेको साझाका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेय बताए । साझाले अहिले काठमाडौंँ र ललितपुर महानगरपालिकासँग सहकार्य गरिरहेको छ । 

काठमाडौँ महानगरपालिकाले पाँच करोड र ललितपुर महानगरपालिकाले एक करोड शेयर खरिद गरिसकेका छन् । काठमाडाँैं उपत्यका र उपत्यका बाहिरका धेरै नगरपालिकासँग पनि सहकार्य गर्न चाहेको उनले बताउनुभयो ।

साझामा सरकारका विभिन्न निकाय, संघसंस्था र सर्वसाधारण नागरिकको लगानीमा सञ्चालित छ । सबैभन्दा बढी शेयर सरकारी क्षेत्रको रहेको छ । ९० प्रतिशत शेयर स्थानीय निकायलगायत सरकारी कार्यालयको छ । साझा यातायातका उपत्यकाभित्र र बाहिर गरेर जम्मा ४७ वटा बस सञ्चालनमा छन् । अघिल्लो महिनाबाट साझाले अपांगतामैत्री ‘सेमी लो–फ्लोर’ बस समेत शुरु भएको छ ।

Skip This
Skip This
Logo