कर्णालीका मूख्यमन्त्रीको माग – कुल बजेटको आधा हिस्सा चाहिन्छ (भिडियोमा समेत)

कर्णालीका मूख्यमन्त्रीको माग – कुल बजेटको आधा हिस्सा चाहिन्छ (भिडियोमा समेत)

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशले देशको कूल बजेटको आधा हिस्सा आफ्नो प्रदेशका लागि छुटयाउनुपर्ने प्रस्ताव अघि सारेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा ठूलो लगानी गर्न सकेमात्रै नेपालको समृद्धि सम्भव हुने दावी गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन् । उनले कर्णालीमा धेरै स्रोत, साधन भएपनि त्यसलाई समृद्धिमा बदल्न ठूलो लगानी गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे । विहिबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई स्वायत्त प्रदेश बनाउन कानुनमै व्यवस्था गर्न पनि केन्द्र सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

मुख्यमन्त्री शाहीले युवालाई निर्माण दस्ताको रुपमा रोजगारी दिएर विकास, निर्माणको काममा तीव्रता दिने योजना पनि अघि सारे ।

Skip This
Skip This
Logo