काठमाडौंमा ४ माघमा एमालेले चुनावी सभा गर्ने

काठमाडौंमा ४ माघमा एमालेले चुनावी सभा गर्ने

केन्द्रबिन्दु
36
Shares


काठमाडौं । नेकपा (एमाले)ले माघ ४ गते काठमाडौंमा चुनावी सभा गर्ने भएको छ ।

नेकपा (एमाले)का सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिए ।

‘४ माघमा १२ बजे भृकुटीमण्डपबाट २०औं हजारको सहभागितामा कमलादीसम्म र्‍याली निकाल्छौं र त्यो र्‍याली राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सभामा परिणत हुनेछ,’ उनले भने, ‘एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सभालाई सम्बोधन गर्नुहुनेछ ।’ उनले भने

फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागी माघ ६ गते मनोनयन दर्ता गर्ने कार्यसुचि रहेको छ ।

Skip This
Skip This
Logo