काठमाडौं । नवनियुक्त खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मेलम्ची खानेपानी २५ दिन भित्र काठमाडौंको सुन्दरीजलमा आईपुग्ने दावी गरेकी छन् । मन्त्री मगरले दशैँअघि मेलम्चीको पानी काठमाडौं उपत्यकाभित्रका घरघरमा वितरण गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।
मन्त्रीभएपछि पहिलो पटक सिन्धुपाल्चोक पुगेर मन्त्री मगरले मेलम्ची खानेपानी निर्माण आयोजनाको कामलाई तीव्र गतिमा अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । स्थलगत निरीक्षणपछि २५ दिन भित्र सो पानी सुन्दरीजलमा आउने व्यवस्था गर्ने बचन प्राविधिक पक्षबाट आएको मन्त्री मगरको भनाई छ ।





























प्रतिक्रिया