काठमाडौं –
पूर्ववर्ती शेरबहादुर देउवा सरकारद्वारा नियुक्त भएका लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा कायम राखि राख्दा सरकारको सुशासनको लक्ष्य पूरा नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली माथि उनलाई हटाउन दबाब परेको छ । "/>

प्रधानमन्त्री माथि मुख्यसचिव फेर्न दबाब

प्रधानमन्त्री माथि मुख्यसचिव फेर्न दबाब

केन्द्रबिन्दु
0
Shares

काठमाडौं –
पूर्ववर्ती शेरबहादुर देउवा सरकारद्वारा नियुक्त भएका लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा कायम राखि राख्दा सरकारको सुशासनको लक्ष्य पूरा नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली माथि उनलाई हटाउन दबाब परेको छ । मुख्यसचिवको वरीयतामा पहिलो र दोस्रो प्रतिस्पर्धीलाई पाखा लगाएर तत्कालीन प्रधानमन्त्री पत्नी आरजु राणाको दबाबमा गत कात्तिकमा मुख्यसचिव बनेका लोकदर्शन रेग्मीबाट वर्तमान सरकारलाई सहयोग नहुने भन्दै मुख्यसचिव फेर्न प्रधानमन्त्री माथि दबाब परेको हो ।

प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीतन्त्र भित्रको भ्रष्टाचार, ढिलासुस्ती र काम पन्छाउने प्रवृत्ति अन्त्य हुने बताइसकेका छन् । तर सरकारको लक्ष्य कार्यान्वयन गर्ने मुख्यसचिव नै विवादित व्यक्ति रहँदा अन्य कर्मचारीले नटेर्ने र सरकारको उद्देश्य लागू हुन नसक्ने भन्दै सत्तारूढ दल, मन्त्री र उच्च अधिकारीहरु बीच मुख्यसचिव फेर्न छलफल भएको छ ।

मन्त्रिपरिषद स्रोतका अनुसार एमाले र माओवादी केन्द्रका नेताहरुले अब केही छाप छाड्न नसके दुई तिहाइको समर्थनमा सरकार बनाएको कुनै औचित्य नहुने भन्दै कर्मचारीतन्त्रको कार्यशैली परिवर्तन गर्नुपर्ने विषयमा छलफल चलाइरहेका छन् । मुख्यसचिव रेग्मी प्रधानमन्त्री भन्दा पनि विपक्षी दलका नेताप्रति बढी उत्तरदायी देखिएको आरोप लगाउँदै सत्तापक्षीय नेताहरु उनी मार्फत नीति निर्माण कार्यान्वयन गर्न नसकिने निष्कर्षमा पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की प्रभावशाली हुँदा उनीसँगै मिलेर कर्मचारी र नेताहरुलाई दुःख दिएको र गृहसचिव हुँदा शेरबहादुर देउवाको इगोका लागि नवराज सिलवाल प्रकरणमा मुख्य भूमिका खेलेको आरोप रेग्मी माथि छ ।
नागरिकबाट

Logo