काठमाडौँ
बलात्कारको आरोप लागेका पत्रकार केदार कोइराला निर्दोष सावित भएका छन् । आफनै घरमा काम गर्न राखेकी बालिकालाई बलात्कार गरेको र उनी गर्भवती भएको आरोप लागेका कोइरालालाई काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको हो । कोइराला सो अभियोगमा विगत ९ महिना देखि कारागारमा थिए ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधिश तेज नारायण पौडेलको इजलासबाट उनले सफाइ पाए । सफाइ लगत्तै तत्काल रिहा भएका कोइरालाले नखाएको विष नलागेको बताए । तर ९ महिना सम्म आफुले मानसिक पिडा भोगेको बताए ।
जवर्जस्ती करणीमा आफ्नै घरमा सहयोगीका रुपमा काम गर्दै आएकी किशोरीले उजुरी गरे पछि ९ महिना अघी पत्रकार कोइराला अनुसन्धानका क्रममा पूर्पक्षका लागि थुनामा गएका थिए । किशोरीको गर्भ रहेको तर डिएनए टेस्टबाट त्यो गर्भ कोइरालाको भनेर प्रमाणित नभए पछि उनी निर्दोष ठहरिएका थिए ।





























प्रतिक्रिया