काठमाडौँ
कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेर बहादुर तामाङसँग काठमाडौँ, पुरानो बानेश्वरमा ६ आना २ पैसामा बनेको एउटा घर र पत्नी उषाकला राईका नाममा काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–८ मा तीन आना तीन पैसा दुई दाम जग्गा छ । "/>

कानूनमन्त्री तामाङले गरे सम्पति सार्वजनिकः ३० तोला सुन र ७० लाख ऋण

कानूनमन्त्री तामाङले गरे सम्पति सार्वजनिकः ३० तोला सुन र ७० लाख ऋण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेर बहादुर तामाङसँग काठमाडौँ, पुरानो बानेश्वरमा ६ आना २ पैसामा बनेको एउटा घर र पत्नी उषाकला राईका नाममा काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–८ मा तीन आना तीन पैसा दुई दाम जग्गा छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सिन्धुपाञ्चोकबाट प्रतिनिधिसभामा निर्वाचित तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै आफूसँग सिन्धुपाल्चोक, सिन्धुकोटमा पाखोबारी र खेत, पत्नीका नाममा मोरङमा सात कित्ता जग्गा र पत्नीका नाममा खोटाङमा जग्गा भएको जानकारी दिए ।

उनीसँग ३० तोला सुन र विभिन्न संस्थाको १५ लाख बराबरको शेयर तथा कृषि विकास बैंकसँग ४० लाख र अन्य बैंकसँग ३० लाख ऋण छ । उनकी पत्नी राई प्रदेशसभा सदस्य हुन । उनका एक , एक गाडी र मोटरसाइकल तथा दुई थान ल्यापटप छन् । मन्त्री तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो मन्त्री हुन् ।
रासस

Skip This
Skip This
Logo