काठमाडौं
पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले उपचारमा ७३ लाख खर्च भएको बिल पेस गरे पनि सरकारले ४३ लाख ४१ हजार मात्रै उपलब्ध गराएको छ । "/>

पूर्वमन्त्री पासवानले पाउरोटी खाए देखि भारु साटेको ३० लाख निकासा रोकियो

पूर्वमन्त्री पासवानले पाउरोटी खाए देखि भारु साटेको ३० लाख निकासा रोकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले उपचारमा ७३ लाख खर्च भएको बिल पेस गरे पनि सरकारले ४३ लाख ४१ हजार मात्रै उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयले औषधोपचार बाहेकको बिल समावेश नगराएपछि अर्थले ३० लाख कटौती गरेर आइतबार रकम निकासा गरेको हो ।

केही समय अघि ‘पूर्वमन्त्री पासवानको उपचार खर्च ७३ लाख, औषधोपचार मात्र होइन, कालोबजारमा भारु साटेको कमिसन पनि सरकारसँग माग’ शीर्षकमा उनका बारेमा समाचार प्रकाशित भएको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयले औषधोपचारको बिल मात्रै समावेश गरेर अर्थमा पठाएको थियो । ‘पासवानले हामीलाई तनाव दिएका थिए । हामीले अन्तिममा उनले उपलब्ध गराएको अस्पताल र औषधिको बिलका आधारमा मात्रै पैसा निकासा गर्न अर्थमा पठायौँ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । ती अधिकारीका अनुसार पासवानले ७३ लाखकै बिल बनाउन अन्तिम सम्म दबाब दिइरहेका थिए ।

२६ असार ०७४ को निर्णयानुसार तत्कालीन जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानलाई प्रचलित ऐन–नियमको परिधि भित्र रही उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउन ४३ लाख ४१ हजार पाँच सय ५२ रुपैयाँ रकम निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ । पासवानले औषधोपचार खर्च बाहेक भारतमा गएर पाउरोटी खाएको, कालोबजारमा भारतीय रुपैयाँ साटेको कमिसन पनि सरकारसँग माग गरेपछि स्वास्थ्य मन्त्रालयले अर्थमा पत्र नपठाई ढिलाइ गरेको थियो । अन्तिममा लागेको खर्च बाहेकको २९ लाख ९० हजार ४ सय ४८ रुपैयाँ कटाएर निकासा भएको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo