काठमाडौं
सरकारले टीकापुर घटनाका प्रमुख अभियुक्त सांसद रेशम चौधरीलाई जेलमै शपथ खुवाउने तयारी थालेको छ । सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ । मन्त्रीपरिषद्को बैठकको निर्णयबाट उनलाई रिहा गराउने प्रक्रिया अगाडि बढाउने तयारी भए पनि सर्वपक्षिय विरोध पछि हाललाई यो निर्णय गरिएको बताइएको छ ।
राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय स्रोतले बतायो। राजपा नेताहरूले चौधरीको मुद्दा फिर्ता लिन गरेको माग अस्वीकार गर्दै अदालतले गर्ने अन्तिम निर्णय नै पर्खने गरी तत्कालका लागि भने प्रमाणपत्र र शपथको वातावरण मिलाउन तयार भएको हो।
उनलाई रिहा गराउन सरकार तयार भएपछि राजपा पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको थियो । एक बालक सहित ८ जनाको ज्यान जानेगरी भएको घटनाका मुख्य अभियुक्त मानिएका चौधरीले अदालत समक्ष आत्मसमर्पण गरेका थिए । अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । हिरासतमा रहेका बेला चौधरी विभिन्न माग राख्दै अनशन बसेका थिए ।
अनसनकै क्रममा स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई कैलालीबाट काठमाडौं ल्याईएको थियो । वीर अस्पतालमा उपचारको क्रममा पनि अनसन जारी राखेपछि सरकार उनको माग पुरा गर्न सहमत भएको हो । गृहमन्त्री रामबहादुर थापाले उनका माग सम्बोधन गर्ने भन्दै अनसन तोडाएका थिए ।
अन्नपूर्णबाट































प्रतिक्रिया