मलंगवा
चक्रघट्टा गाउँपालिका वडा नं. ४ सुन्दरपुरका वडाअध्यक्ष अब्दुल अहद कवाडी (फेकन) को घरमा अज्ञात समूहले राखेको सकेट बम नेपाली सेनाको टोलीले शनिवार बेलुका डिस्पोज गरेको छ । "/>

वडाध्यक्षको घरमा बम राख्दै अज्ञात समुहद्वारा एक करोड माग

वडाध्यक्षको घरमा बम राख्दै अज्ञात समुहद्वारा एक करोड माग

केन्द्रबिन्दु
0
Shares

मलंगवा
चक्रघट्टा गाउँपालिका वडा नं. ४ सुन्दरपुरका वडाअध्यक्ष अब्दुल अहद कवाडी (फेकन) को घरमा अज्ञात समूहले राखेको सकेट बम नेपाली सेनाको टोलीले शनिवार बेलुका डिस्पोज गरेको छ । घर अगाडी राखेको बोलेरो गाडीको मुनी अज्ञात समूहले बम राखेको वडा अध्यक्ष कवाडीले बताएका छन् । बम राखेको गाडीमा अज्ञात समूहले १ करोड मागेको पर्चा समेत छाडेको छ ।

एक करोड रकम नदिए सुन्दरपुर र नवलपुरमा रहेको घरलाई उडाइदिने धम्की समेत फोनबाट आएको अध्यक्ष कवाडीले दिएका छन् । घरमा कोही नभएको बेला अज्ञात समूहले बम राखेको थियो । आफू गाउँपालिकाको कार्यालयमा आउने क्रममा अज्ञात समूहले फोन गरेर तेरो घरमा बम राखेको छु भने पछि आफूले थाहा पाएको कवाडीले बताए । फोन गरेपछि आफू घरमा गएर प्रहरीलाई खबर गरेको र नवलपुरबाट आएको नेपाली सेनाको टोलीले बमलाई डिस्पोज गरेको कवाडीले बताए । बम नेपाली सेनाले डिस्पोज गरेको र कुनै प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए । बमलाई प्रहरीले बच्चाले खेलाउने क्रममा फेला पारेको छ ।
अन्नपूर्णबाट

Logo