काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङ पिङलाई चीनको राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा बधाई दिएकी छिन् । "/>

चिनियाँ राष्ट्रपतिलाई नेपाली नेताहरूको बधाई

चिनियाँ राष्ट्रपतिलाई नेपाली नेताहरूको बधाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङ पिङलाई चीनको राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा बधाई दिएकी छिन् । शनिबार एक बधाई सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपाल र चीन बीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र त्यही मैत्री सम्बन्ध आगामी दिनमा पनि झन् प्रगाढ हुने विश्वास व्यक्त गरेकी परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले चिनियाँ उपराष्ट्रपतिमा निर्वाचित भएकामा वाङ क्वीसानलाई बधाई ज्ञापन दिएका छन् । उपराष्ट्रपति पुनले आफ्ना चिनियाँ समकक्षीलाई शनिबारै दिएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ मजबुद हुने विश्वास व्यक्त गरेका छन् ।
रासस

Logo