नगरकोट । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशका साथ तामाङ समुदायबाट सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङतानको सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । "/>

बुद्धको सन्देश पुर्‍याउन सगरमाथा आरोहण

बुद्धको सन्देश पुर्‍याउन सगरमाथा आरोहण

केन्द्रबिन्दु
0
Shares

नगरकोट । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशका साथ तामाङ समुदायबाट सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङतानको सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । 

तामाङ समुदायको तर्फबाट दोस्रो महिला आरोही एवं गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने नाराका साथै मानव बेचबिखनको विरुद्ध विश्वको सर्वोच्च शिखरमा पुगी सन्देश प्रवाह गर्न अग्रसर रहनुभएकी स्याङतानको सहयोगार्थ कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक विकु थोकरले बताए ।

उनका अनुसार आर्थिकरुपमा कमजोर नै भएपनि विश्वसामु नेपाल र नेपालीको पहिचानको विषयमा सन्देश प्रवाह गर्न सहयोगार्थ थोकर फिल्म प्रालिको आयोजनामा भक्तपुरमा बृहत् सांस्कृतिक कार्यक्रम गरिएको हो । 

शर्मिला स्याङतानले हाल तामाङ समुदायमा मात्र नभएर नेपाली चेली विभिन्न बहानामा विश्वका विभिन्न गल्लीमा बेचिएको विरुद्धमा पनि आफ्नो कदम रहेको बताए । कार्यक्रममा दिलमान पाख्रिनले शर्मिलाजस्तै अरु नारीले पनि सगरमाथाको आरोहण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सरोकारवालाले विश्व मानचित्रमा सगरमाथाको देशका रुपमा प्रख्यात नेपाल भएपनि कूटनीतिकरुपमा आधिकारिक दस्तावेज नदिँदा नेपालीको पहिचानमाथि नै हमला भएको बताए । रासस

Skip This
Skip This
Logo