काठमाडौं
विद्यादेवी भण्डारीले नेपालको राष्ट्रपतिको पद सम्हालेकोमा चीनका राष्ट्रपति सी जिनपिङले बधाई ज्ञापन गरेका छन् । "/>

नेपालका राष्ट्रपतिलाई चिनियाँ र बंगलादेशी राष्ट्रपतिको सन्देश

नेपालका राष्ट्रपतिलाई चिनियाँ र बंगलादेशी राष्ट्रपतिको सन्देश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विद्यादेवी भण्डारीले नेपालको राष्ट्रपतिको पद सम्हालेकोमा चीनका राष्ट्रपति सी जिनपिङले बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति भण्डारीलाई विहीबार पठाएको सन्देशमा चिनियाँ राष्ट्रपतिले आफ्नो मुलुकले चीन–नेपाल सम्बन्ध सुदृढीकरणलाई अति महत्व दिएको र द्विपक्षीय सम्बन्ध प्रवर्द्धनका निम्ति आफू तत्पर रहेको बताएका छन् ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले राष्ट्रपति भण्डारीसँग अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट गरी राष्ट्रपति सीको बधाई सन्देश हस्तान्तरण गरेकी थिइन् । यसै वीच बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पनि विहीबारै राष्ट्रपति भण्डारीलाई बधाई सन्देश पठाउँदै पारस्परिक लाभका लागि बंगलादेश–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन राष्ट्रपति भण्डारीसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo