काठमाडौं
मन्त्रिपरषद्को बिहीबारको बैठकमा मन्त्रालयहरुको संख्या थप र पुनर्गठनबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकले यस विषयमा प्रारम्भिक छलफल गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले जानकारी दिइन् । "/>

फोरम र राजपाका लागि मन्त्रालय बढाउँदै प्रधानमन्त्री

फोरम र राजपाका लागि मन्त्रालय बढाउँदै प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
मन्त्रिपरषद्को बिहीबारको बैठकमा मन्त्रालयहरुको संख्या थप र पुनर्गठनबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकले यस विषयमा प्रारम्भिक छलफल गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले जानकारी दिइन् ।

विगतमा रहेका ३१ मन्त्रालय घटाई वर्तमान सरकारले कार्यसम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित १८ मन्त्रालय कायम गरेको थियो । तर संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलार्इ पनि सरकारमा ल्याउन केपी ओली नेतृत्वको सरकारले मन्त्रालय बढाउनेबारे गृहकार्य थालेको हो । फोरम र राजपाले सरकारमा जानका लागि ओली सरकारसँग कम्तिमा पनि ३, ३ मन्त्रालय मागेका छन् । संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागी हुने भएपछि केही मन्त्रालय थप्ने गृहकार्य सरकारले थालेको हो ।

फोरमले यस अघि नै सरकारमा जाने निर्णय गरिसकेको छ । राजपाले भने सरकारलार्इ समर्थन गरे पनि सरकारमा जाने निर्णय गरिसकेको छैन । उसले पनि तीन मन्त्रालय मागेको छ । फोरम र राजपा सरकारमा जाने भएमा ओली नेतृत्वको मन्त्रिमण्डल कम्तिमा पनि २२ सदस्यीय हुनेछ । सरकारमा संविधान अनुसार संघीय सरकारका २५ सदस्य सम्म मन्त्री रहन सक्नेछन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo