काठमाडौं
प्रदेश ३ मा सरकारले पूर्णता पाए पछि आज (बिहीबार) दोस्रो मन्त्रिपरिषद बैठक बस्दै छ । यसअघि १६ फागुनमा पहिलो बैठक बसेको थियो । बैठकबाट हालसम्म निर्माण गरिएका कानुनको विधेयक संसदमा पेस गर्नका लागि प्रदेश सभा सचिवालयमा दर्ता गर्न सिफारिस गर्ने तयारी गरिएको छ । सरकारले पूर्णता पाएकै दिन बसेको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा कानुन विधेयक लिखत समिति गठन गरेको थियो ।
बिहीबार साँझ बस्ने बैठकले समितिले तयार पारेका तीन वटा विधेयक दर्ताका लागि सिफारिस गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । ‘हामीले हालसम्म तयार पारेको विधेयक दर्ताका लागि आजको बैठकबाट सिफारिस गर्नेछौँ ।’ कानुनमन्त्री जम्कट्टेलले भने, ‘सिफारिसपछि चैत २ गते शुक्रबार प्रदेश सभा सचिवालयमा दर्ता हुनेछ ।’ मन्त्रिपरिषद बैठकले विधेयक तयार पारेको लिखत प्रमाणीकरण सम्बन्धी ऐन, आर्थिक कार्यविधि सम्बन्धी ऐन र स्थानीय तहको सेवा–सुविधा सम्बन्धी ऐन दर्ताका लागि सिफारिस गर्ने मन्त्री जम्कट्टेलले जानकारी दिए । २२ वटा कानुन निर्माणमा जुटेको समितिले चैत मसान्त भित्र १० वटा विधेयक तयार पर्ने उनले दाबी गरे ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया