काठमाडौं
प्रधानन्यायधिस गोपाल पराजुलीलार्इ बरखास्त गर्ने निर्णय सचिवको एकलौटी तरिकाले गरेको भन्दै न्यायपरिषदमा लफडा शुरू भएको छ । "/>

कसरी शुरु भयो सर्वोच्चमा इतिहासमै नभएको भाँडभैलो ?

कसरी शुरु भयो सर्वोच्चमा इतिहासमै नभएको भाँडभैलो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रधानन्यायधिस गोपाल पराजुलीलार्इ बरखास्त गर्ने निर्णय सचिवको एकलौटी तरिकाले गरेको भन्दै न्यायपरिषदमा लफडा शुरू भएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवाद तन्किँदै जाँदा सर्वोच्च अदालतमा यसअघि कहिल्यै नदेखिएको भाँडभैलो मच्चिएको हो । न्यायपालिकाको विवाद चरम उत्कर्षमा पुगेका बेला वरिष्ठ न्यायाधीश दीपकराज जोशीले बिहीबार मुद्दा सुनुवाइका लागि पेसी तोक्ने दाबी गरेका छन् ।

जोशीले सर्वोच्च अदालत पुगेर न्यायाधीशहरूलाई मुद्दाको पेसी तोक्ने बताएका हुन् । ‘पेसी तोक्न सर्वोच्च प्रशासनका ‘स्टाफ’ बाट म कहाँ सूची आइपुगेको छ’, जोशीले भने, ‘अदालतमा गएर पेसी तोक्ने काम हुन्छ ।’ प्रधानन्यायाधीश पराजुलीले भने आफ्ना विरुद्ध सुनियोजित षड्यन्त्रको डिजाइन रचिएको भन्दै पदबाट कुनै हालतमा नहट्ने अडान राखेका छन् । उनले नियमित झैं सर्वोच्चमा जाने पनि बताए । ‘म किन हट्ने ? हट्ने कुरै छैन । म सर्वोच्च जान्छु । पेसी अरूले तोक्ने भन्ने कुरा कसरी आयो ? ’ पराजुलीले भने, ‘सचिवको षड्यन्त्रपूर्वक लेखिएको पत्रका कारण पनि बिदामा बस्ने कुरा रहेन । म डटेर अन्तिम सम्मै सर्वोच्चमा रहन्छु ।’

बुधबार पनि सर्वोच्च अदालतका आठ न्यायाधीशले इजलासमा बस्न अस्वीकार गरेका छन् । न्यायाधीशहरू दीपकराज जोशी, विश्वम्भर प्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, ईश्वर प्रसाद खतिवडा, डा. आनन्द मोहन भट्टराई, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतले मुद्दा हेर्न अस्वीकार गरेका हुन् । इजलासमा बस्न अस्वीकार गर्ने केही न्यायाधीशले बिदाका लागि प्रधानन्यायाधीश पराजुली समक्ष निवेदन समेत दिएका छन् ।

राष्ट्रपतिलाई शपथ खुवाउने बिषयमा छलफल गर्न शीतल निवास पुगेका प्रधानन्यायधीश पराजुलीलार्इ न्यायपरिषद सचिव नृपध्वज निरौलाले बर्खास्त गरेका थिए । न्याय परिषद सचिवले पराजुलीलाई पदमा नरेहेको पत्र सार्वजिनक गरेको केही बेरमै तरंग उत्पन्न भएको हो । पत्र अनुसार पराजुलीको उमेरहदका कारण उनले साउन २१ मै अवकास पाइसकेको उल्लेख छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo