काठमाडौं
प्रदेश नम्बर १ को नाम ‘किराँत प्रदेश’ राख्नु पर्ने माग उठेको छ । काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजक किराँती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक किराँत राई संघले वाम गठबन्धनका प्रदेश १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरूलाई बधाई दिने कार्यक्रममा सो विषय उठान भएको हो । "/>

प्रदेश नं. १ : किरात प्रदेश माग्नेलार्इ प्रचण्डले भने -साझा नाम खोज्नुस्

प्रदेश नं. १ : किरात प्रदेश माग्नेलार्इ प्रचण्डले भने -साझा नाम खोज्नुस्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रदेश नम्बर १ को नाम ‘किराँत प्रदेश’ राख्नु पर्ने माग उठेको छ । काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजक किराँती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक किराँत राई संघले वाम गठबन्धनका प्रदेश १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरूलाई बधाई दिने कार्यक्रममा सो विषय उठान भएको हो । आयोजकले नै कार्यक्रमको मुख्य उद्धेश्य प्रदेश १ लाई किराँत प्रदेश नामाकरण गर्नु रहेको बताएको थियो ।

सोही कार्यक्रमको प्रमुख वक्ताका रुपमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश ६ ले जसरी सर्वसहमति कायम गरी नामाकरण गर्न आग्रह गरे । उनले इतिहास , संस्कृति, भूगोल, जातिय बनोट आदीलाई ठीक ढङ्गले प्रतिनिधित्व गर्ने गरी साझा नाम खोज्नु पर्ने बताए । प्रचण्डले प्रदेशको नामाकरणका सवालमा जनताको भावना र इतिहासलाई विशेष जोड दिइने पनि स्पष्ट पारे ।

प्रचण्डले प्रदेशलाई अप्ठ्यारो परेको बेला केन्द्र सहजीरकणको भूमिका निर्वाह गर्न तयार रहेको बताए । उनले राजनीतिक, आर्थिक, सांस्कृतिक ऐतिहासीक रुपले धनी मानिएको प्रदेश १ बाट राष्ट्रले निकै ठूलो अपेक्षा राखेको पनि बताए । प्रचण्डले छेउमै रहेका मुख्यमन्त्री शेरधन राई लगायतसँग देश र जनताको अपेक्षा अनुसार काम गर्न पनि आग्रह गरे । पहिलो र दोस्रो संविधानसभाबाट संविधान निर्माण गर्ने बेला प्रदेशको नामांकन, राजधानी लगायतका विषयमा सहमति कायम हुन नसकेकाले जनतालाई नै छोडेको प्रष्टिकरण दिए ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo