काठमाडौं
न्याय परिषद सचिवालयको पत्रले परीक्षा नियान्त्रक कार्यालय सानोठिमीमा उपलब्ध भएको जन्म मितिका आधारमा गोपाल पराजुली ६५ वर्ष उमेर पुगेको बताएको छ । "/>

प्रधानन्यायाधीशको उमेरबारे को चुक्यो ?

प्रधानन्यायाधीशको उमेरबारे को चुक्यो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
न्याय परिषद सचिवालयको पत्रले परीक्षा नियान्त्रक कार्यालय सानोठिमीमा उपलब्ध भएको जन्म मितिका आधारमा गोपाल पराजुली ६५ वर्ष उमेर पुगेको बताएको छ । तर सानोठिमीको पत्रमा पराजुलीको उमेर २०११ साल बैशाख १३ भनी उल्लेख छ । सानोठिमीको मितिले पराजुली ६३ वर्षका हुन्छन् । न्याय परिषद्का सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश पराजुलीको नागरिकता, शैक्षिक योग्यता र सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार गत साउनमै ६५ वर्ष पुगेकाले अवकाश प्राप्त भइसकेको बताएका छन् । सर्वोच्च अदालत प्रशासन यस विषयमा मौन बसेको छ । पत्रमा पराजुली २१ साउन ०७४ मा नै ६५ वर्ष उमेर पुगेको प्रमाण देखिएकाले उनी पदमुक्त भएको बताइएको छ ।

तर परीक्षा नियन्त्रण कार्यालयको पत्रको व्यहोरा अनुसार प्रधानन्यायाधीशको हिजोको दिनसम्मको उमेर गणना गर्दा ६३ वर्ष १० महिना १७ दिन पुग्छन् । त्यसो हुँदा परिषद यही चुकेको देखिन्छ । लामो समय देखि पराजुलीको जन्ममिति विवाद चर्किरहेको छ । न्यायपालिकाका चिफ पराजुलीले नै जन्ममिति लगायतका विवादको झमेलामा फस्नु र त्यसको किनारा लगाउनुको साटो अटेरी बन्नु उनीमा अलिक दम्भ देखिन्छ । न्याय आफैंमा स्वच्छ, पारदर्शी र मितव्ययी हुनु पर्छ ।

सचिव निरौलाले पत्राचार गरिसकेपछि दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी विद्यादेवी भण्डारीले उनै पराजुलीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । यता राष्ट्रपति कार्यालय स्रोतले प्रधानन्यायाधीश पराजुलीले पदमुक्त भएको परिषद्को पत्र बुझिनसकेकाले शपथ ग्रहण गरेको बताएको छ । त्यस्तै अधिवक्ता सतिशराज मैनालीले न्याय परिषद्को अध्यक्ष प्रधानन्यायाधीश हुने व्यवस्था रहेको बताए । उनले परिषद्को सदस्यमा कानुनमन्त्री पनि रहने बताए । अधिवक्ता मैनालीले न्यायपरिषद्को अहिले सम्म बैठक नबसेको र कानुन सचिवसँग बैठकका निर्णय मात्रै पत्राचार गर्ने अधिकार रहेको बताए । प्रधानन्यायाधीश पराजुलीले बैठक नबोलाएको र कानुनमन्त्रीको भूमिकामा प्रधानमन्त्री केपी ओली रहेका छन् । न्यायपरिषद्को दफा ३१ अनुसार सचिवसँग त्यस्तो हैसियत नभएकाले प्रधानन्यायाधीश पराजुलीको पद कायमै रहेको बताए ।
नयाँपत्रिकाबाट

Logo