३ लाख नाघ्यो सुनको मूल्य

३ लाख नाघ्यो सुनको मूल्य

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ ।

यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला ६ हजार तीन सय रूपैयाँ महँगो हो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

आज एकैदिन सुनको भाउ प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो । सो दिन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

Logo