बैतडी
बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने मेलौली नगरपालिकाका नागरिक घर जग्गाको कर तिर्न डडेल्धुरा जान बाध्य छन् । मेलौली नगरपालिका–८ का ४ सय भन्दा बढी घरपरिवारले आफ्नो घर, जग्गा तथा सम्पत्तिको कर डडेल्धुरामा पुगेर तिर्दै आएका छन् । "/>

यस्तो पनि छ अझैः बैतडीमा घर, डडेल्धुरामा कर !

यस्तो पनि छ अझैः बैतडीमा घर, डडेल्धुरामा कर !

केन्द्रबिन्दु
0
Shares

बैतडी
बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने मेलौली नगरपालिकाका नागरिक घर जग्गाको कर तिर्न डडेल्धुरा जान बाध्य छन् । मेलौली नगरपालिका–८ का ४ सय भन्दा बढी घरपरिवारले आफ्नो घर, जग्गा तथा सम्पत्तिको कर डडेल्धुरामा पुगेर तिर्दै आएका छन् । ०३२ साल भन्दा अगाडि उक्त क्षेत्र डडेल्धुरामा राखिएकाले राजस्व बुझाउन सोही जिल्लामा जानु परेको मेलौली नगरपालिका–८ का वडा सदस्य प्रेमसिंह विष्टले बताए । पछि सिमांकन गर्दा सूर्नया नदीलाई सीमाना बनाएर मेलौलीको विशालपुर क्षेत्र बैतडीमा गाभिएपछि जग्गाको नापी नहुँदा कर डडेल्धुराको भागेश्वर गाउँपालिकामा तिर्न जानु पर्ने बाध्यता छ । उनले भने, “डडेल्धुरामा राजस्व बुझाउँदै आए पनि त्यहाँबाट सेवा सुविधा भने पाएका छैनौं ।”

मेलौली–८ का बासिन्दालाई घरजग्गा कारोबार, कित्ताकाट देखि जग्गा पास गर्न समेत डडेल्धुरा नै पुग्नु पर्ने बाध्यता छ । फरक भू–भाग भएकै कारण बैतडी र डडेल्धुराको सीमानामा विद्युत भए पनि बैतडीका बासिन्दाले विद्युतको उपभोग गर्न नपाएको स्थानीय तपेन्द्र बिष्टले बताए । स्थानीय बासिन्दाले बैतडी क्षेत्र ‘ख’ का प्रदेश सांसद लिलाधर भट्टलाई आफूहरुका समस्याबारे जानकारी समेत गराएका छन् । “विशालपुरका बासिन्दाको समस्या थाहा हुने बितिक्कै नापी विभाग तथा जिल्ला नापी कार्यालयमा खबर गरेको र प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालहरुसँग छलफल गरेको छु,” सांसद भट्टले भने, “समस्या समाधानका लागी पहल थालेकाले छिट्टै समाधान हुन्छ ।”

जिल्ला नापी कार्यालय बैतडीका प्रमुख नरबहादुर चन्दले यो विषयमा पहिलो पटक खबर आएकाले समाधानका लागि पहल गर्ने बताए । स्थानीय तह सिमांकनले पनि यहाँका धेरै नागरिकलाई तीन–तीन वटा नगरपालिकाको हकदार बनाएको छ । बैतडीको दशरथचन्द नगरपालिका–७ मा घर भएका राजेन्द्र बडुको खेत पाटन नगरपालिकामा छ भने घरबारी मेलौली नगरपालिकामा परेको छ ।
कारोबारबाट

Logo