काठमाडौँ,
‘मध्याह्न बाह्र बजे तिर फोन गरेर काठमाडौँको मौसम कस्तो छ बहिनी भनेर सोध्नु भएको थियो । मैले ठिकै छ, घाम लागिरहेको छ दाइ’ भनेको थिएँ तर…’ यति बोलेपछि निर्मला बोहराको गला अवरुद्ध भयो ।
ढाकाबाट काठमाडौँ उड्नु अघिको दाइको त्यही शब्द सम्झिएर भाव विह्वल भएकी बहिनी निर्मलामा साँझ ७ः३० बजेसम्म दाइको अवस्था पत्तो नहुँदा चिन्ता र अन्योल थपियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमान युएस बंगलादेशमा परेका आफ्ना दाइ बैतडीका सोविन्द्रसिंह बोहराको अवस्था पत्ता लगाउन विभिन्न अस्पतालमा पुगे पनि तत्काल अवस्था पत्ता लाग्न सकेन । सिनामंगलको काठमाडौँ मेडिकल कलेज, नयाँ वानेश्वरको निजामती, माइतीघरको अन्नपूर्ण न्यूरो हुँदै थापाथलीको नर्भिक अस्पताल सम्म पुग्दा पनि दाइ कुन अवस्थामा कहाँ हुनुहुन्छ भन्ने उहाँको परिवारले थाहा पाउन सकेन ।
नर्भिकमा ल्याएका पाँच घाइतेमा पनि सोविन्द्रसिंहको नाम नदेखिएपछि प्रहरी, चिकित्सिक, सञ्चारकर्मी र सम्बन्धित सबैतिर बुझ्दै निर्मला र उहाँका आफन्त महाराजगञ्जस्थित शिक्षण अस्पतालमा कुदे, त्यहाँ सोविन्द्रसिंहलाई ल्याइएको बताइए पनि उहाँसँग तक्काल भेट्न दिइएन । सुरक्षाकर्मीले गम्भीर अवस्थामा उपचार गराइरहेको जानकारी मात्र दिए, निर्मलाको मनको ढुकढुकी झन बढ्यो । सँगै रहेका निर्मलाका श्रीमानले नरुन सम्झाउँदा पनि उहाँको आँशु रोकिएको थिएन ।
त्यतिबेला सम्म विमानका ७१ यात्रुमध्ये ४९ जनाको ज्यान गइसकेको पुष्टि भइसकेको थियो । त्यसमध्ये ११ जना नेपालीको मात्र जीवित उद्धार भएको जानकारी नागरिक उडड्यन प्राधिकरणले दियो । विमानमै रहेका अर्का यात्रु पाटन निवासी राजभाइ शाक्यको छोरी आस्था शाक्यको पनि साँझ सम्म अवस्था पत्ता लागेको थिए । राजभाइ पनि विभिन्न अस्पतालमा चाहार्न पुग्नुभयो ।
कुन घाइते कहाँकहाँ कतिखेर लगिएको भन्ने व्यवस्थित सूचना नहुँदा पनि परिवार र आफन्तले थप हैरानी बोहोर्नु परेको उनले जनाए । नर्भिक अस्पतालमा टोलाइरहेका राजभाइका साथी टेकरत्न बज्राचार्यले भने, घटना सुन्ने बित्तिकै साह्रै तनाव भएर आस्थालाई खोज्न आएँ तर हाल सम्म भेटिएको छैन । पच्चीस वर्षीया आस्था चिकित्सा शिक्षाको पढाइ सकेर स्वदेश फर्किएका थिए । नर्भिकमा उपचारका लागि ल्याइएका पाँच मध्ये वोन ट्राभल एजेन्सी, हात्तिसारका विनोदराज पौडेलको टाउकोमा गम्भीर चोट देखिएको छ । उनलाई थप उपचारका लागि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पठाइएको छ । यहाँ ल्याइएका अन्य तीन नेपालीको अवस्था सामान्य देखिन्छ भने एक बंगलादेशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया