अवतरणको क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको यूएस बंगलामा रहेका यात्रुहरुको उद्धारकार्य तिब्र रुपमा भैरहेको छ ।
चालक दलका ४ सदस्य सहित ६७ यात्रु सवार भएको उक्त विमान अवतरणको क्रममा अनियन्त्रित भएको केही प्रत्यक्षदर्शीहरुले जनाएका छन् । बंगलादेशको राजधानी ढाकावाट आएको उक्त विमान दिउँसो २ बजेर २० मिनेटमा अवतरण गर्ने क्रममा रहेको थियो । रनवेको बाहिर भएको दुर्घटना लगत्तै विमानमा आगो लागेको थियो भने केही प्रत्यक्षदर्शीले विमान दुर्घटना हुनुभन्दा अगाडी आगो लागेको बताएका छन् ।
दुर्घटनाग्रस्त क्षेत्रमा सेना, प्रहरी, सशस्त्र प्रहरी र उद्धारकर्ताहरु उद्धारमा लागिरहेका छन् । उद्धारकर्ताहरुले अहिलेसम्म २० जनाको जलेको शव झिकेको बताएका छन् भने १५ जनालाई उपचार गर्न अस्पताल लगेको जनाईएको छ । उद्धारकार्य जारी रहेको छ ।
थप समाचार अपडेट हुने वित्तिकै अपलोड गर्ने छौं ।





























प्रतिक्रिया