प्रधानन्यायाधीश गोपाल पराजुली बसेको भन्दै सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रसमशेर राणाले इजलास नै बहिष्कार गरेका छन् । गत साउनमै प्रधानन्यायाधीश पराजुलीको अवकाश भएको दावी सहित न्यायाधीश राणाले लिखित बक्तब्य सहित इजलास बहिष्कार गरेका थिए । उनको बहिष्कारसँगै इजलास स्थगित भएको छ ।
कान्तिपुर पब्लिकेशन बिरुद्ध परेको अदालतको अवहेलना मुद्दालाई पराजुलीले आफू नेतृत्वको पूर्ण इजलासमा राखेका थिए । उक्त इजलासमा राणा सहित ओमप्रकाश मिश्र, दपिक कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए । ‘अवकाश पाइसकेका पराजुलीसँग बसेर मुद्दा हेर्न नमिल्ने’ भन्दै राणाले वक्तव्य पढेर सुनाएको स्रोत बताउँछ ।
प्रधानन्यायाधीश पराजुलीका प्रमाणपत्र र उमेरसम्बन्धी कागजात हेरेर आफू यस्तो निश्कर्षमा पुगेको राणाले बताएका छन् । राणाका अनुसार पराजुलीको जन्ममित दुईखाले छन् । साविकको जन्ममितिका आधारमा पराजुलीको अवकास ०७४ साउन २१ गते भइसक्नु पर्छ । तर, सच्चाईएको जन्म मितिलाई आधार मान्दा भने पराजुली बैशाखको दोस्रो सातासम्म सेवामा रहन्छन् । स्मरणिय के छ भने प्रधानन्यायाधीशको सपथ खाइरहँदासम्म उनको पदावधी ०७४ साउन २१ मा सकिन्छ ।































प्रतिक्रिया