काठमाडौँ
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको संगठन सम्बन्धी कार्यदलले आन्तरिक विधान मस्यौदा र संगठन सम्बन्धी खाकाको प्रतिवेदन लेखन कार्य जारी राखेको छ । "/>

पार्टी एकता कार्यदलको प्रतिवेदन तयार हुँदै

पार्टी एकता कार्यदलको प्रतिवेदन तयार हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको संगठन सम्बन्धी कार्यदलले आन्तरिक विधान मस्यौदा र संगठन सम्बन्धी खाकाको प्रतिवेदन लेखन कार्य जारी राखेको छ । केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको संगठन कार्यदलले विधान र संगठनका लागि दुई अलग अलग उपसमिति बनाएर मंगलबार सम्म प्रतिवेदन दिन जिम्मेवारी दिए पनि नेताहरुको अन्य व्यस्तताका कारण पूर्ण भइसकेको छैन ।

संगठन कार्यदलका सदस्य एमालेका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार बुधबार बसेको कार्यदलको बैठकले आपसी छलफल जारी राखी प्रतिवेदन तयार गर्ने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको फागुन ७ गतेको बैठकले एकताका प्रारम्भिक सात आधारमा केन्द्रित रहेर फागुन १० गते संगठन र वैचारिक सम्बन्धी कार्यदल बनाइएको थियो ।

वैचारिक कार्यदलको संयोजकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल छन् । दुवै कार्यदललाई फागुन २५ गते भित्र प्रतिवेदन दिन भनिए पनि केही दिन समय थप हुन सक्ने बुझिएको छ । प्रतिवेदन आएपछि चैतको पहिलो साता एकता गर्ने तयारी दुवै दलले गरेका छन् ।
रासस

Skip This
Skip This
Logo