काठमाडौँ
राष्ट्रपतिमा विद्या भण्डारी दोहोरिने भएपछि उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुन दोहोरिने निश्चित भएको छ । नेकपा एमालेले मंगलबार राती भण्डारीलाई पुन राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । भण्डारीले हिजो राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरिसकेकी छिन् । यता नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ । भण्डारीलाई एमाले र माओवादीको समर्थन छ । भण्डारीको विजय निश्चित भएता पनि निर्विरोध हुनबाट भने बच्न सकिनन् ।
नेकपा एमालेले राष्ट्रपति पाउने भए पछि उपराष्ट्रपति माओवादीको भागमा परेको थियो । माओवादी भित्र अमिक शेरचनले उपराष्ट्रतिमा रुची देखापनि एमालेले भण्डारीलाई निरन्तरता दिने निर्णयसँगै नन्दबहादुर पुननै उपराष्ट्रपतिमा निश्चित भएका हुन् । ‘एमालेले पुरानैलाई निरन्तरता दिने निर्णय गर्यो । हामीले नयाँ अनुहार ल्याउँदा राम्रो सन्देश जाँदैन’, माओवादीका एक नेताले भने ‘पासाङ जीले नै निरन्तरता पाउनु हुन्छ ।’
यद्यपि माओवादीले उपराष्ट्रपतिको उम्मेदवारबारे औपचारिक निर्णय गरेको छैन । वर्तमान उपराष्ट्रपति पुनको उमेरका हिसावले पनि उनैलाई दोहोर्याउने पक्षमा माओवादी नेताहरु देखिएका छन् । ‘उमेर पनि बढी भएको छैन । पुरै कार्याकाल पनि काम गर्न पाउनु भएन’, एक नेताले भने । ‘यस्तो अवस्थामा अर्को पात्र खोज्दा उहाँको व्यवस्थापन झन्झटिलो हुन्छ ।’
नागरिकबाट































प्रतिक्रिया