काठमाडौँ
संघीय संसद्को दुवै सदनको पहिलो बैठक आ–आफ्नो बैठक सञ्चालनका लागि अन्तरिम कार्यविधि पारित गर्दै सम्पन्न भएको छ । "/>

संघीय संसद्को पहिलो बैठक : दुवै सदनको अन्तरिम कार्यविधि पारित

संघीय संसद्को पहिलो बैठक : दुवै सदनको अन्तरिम कार्यविधि पारित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
संघीय संसद्को दुवै सदनको पहिलो बैठक आ–आफ्नो बैठक सञ्चालनका लागि अन्तरिम कार्यविधि पारित गर्दै सम्पन्न भएको छ । मंगलबारको बैठकमा प्रतिनिधिसभाको सभामुख निर्वाचन र राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मिति तय गर्ने कार्यसूची रहेको छ । संघीय संसद भवन बानेश्वरमा बसेको पहिलो बैठकले प्रतिनिधिसभा बैठक सञ्चालनका लागि अन्तरिम कार्यविधि पारित गरेको छ । साथै सोही अन्तरिम कार्यविधिको दफा ५ को उपदफा १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्नका लागि खगराज अधिकारी, मान बहादुर विश्वकर्मा, पूर्ण कुमारी सुवेदी, लक्ष्मणलाल कर्ण र उमाशंकर अरगडियालाई मनोनयन गरेको छ ।

त्यस अघि बैठकको सुरुमा नै अन्तरिम सभामुख महन्थ ठाकुरले संघीय संसद्को पहिलो अधिवेशनको पहिलो बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउँदै अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए । संविधानको धारा ९३ को उपधारा १ मा पहिलो बैठकको आह्वान राष्ट्रपतिले गर्ने व्यवस्था छ । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सांसद केपी शर्मा ओलीलाई ३ फागुनमा प्रधानमन्त्री नियुक्त गरेको सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि सभामुखले बैठकमा पढेर सुनाएका थिए ।

यसैगरी संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको पहिलो बैठकले राष्ट्रिय सभा सञ्चालनका लागि अन्तरिम कार्यविधि पारित गरेको छ । साथै बैठकले अध्यक्ष एवं उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी र कालि बहादुर मल्ललाई मनोनयन गरेको छ । त्यसअघि बैठकको सुरुमा बैठकको अध्यक्षता गरेकी ज्येष्ठ सदस्य तारादेवी भट्टले बैठक आह्वान सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन् ।
राजधानीबाट

Logo