मकवानपुर
प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले संघ (केन्द्र) सरकार प्रदेश प्रति गम्भीर नभएको आरोप लगाएका छन् । केन्द्रिय मन्त्रिपरिषदले पूर्णता पाउन बाँकी भएपनि प्रदेश सरकारका लागि गर्न सक्ने सामान्य सहयोग पनि नगरेको उनले तर्क गरे । ‘प्रदेश सरकारहरुको विषयमा केन्द्रिय सरकार पनि गम्भीर देखिएको छैन, उनले भने, ‘प्रधानमन्त्री, मन्त्रीहरुलाई पटकपटक भन्यौ तर निर्देशन आउँदैन ।’
टेम्पो तथा मझौला यातायात व्यवसायी संघको बार्षिक साधारण सभाको उद्घाटन पछि उनले प्रदेश सरकार पनि जनताबाट निर्बाचित भएकाले आफैं काम सुरु गर्ने बताए । ‘अहिले पख्नुहोस्, मन्त्रीहरु आउनु भएको छैन, सरकारले पूर्णता पाएको छैन , उनले थपे, ‘भएका संघीय मन्त्रीहरुले समेत प्रदेशको समस्या समाधान गर्न चासो देखाउनु भएन ।’
पहिलेकै सरकारले प्रदेशको केही ऐन, कानून नबनाई दिएकोमा गुनासो गर्दै सत्तारुढ नेकपा माओवादी ३ नम्बर प्रदेश संसदीय दलका नेता समेत रहेका उनले नयाँ सरकारले समेत चासो नदिनु दुःखद पक्ष भएको बताए । बोलेर र नारा दिएर मात्र समृद्धी नआउने भन्दै हरेक नागरिक पनि जिम्मेवार हुनु पर्ने उनको भनाई छ । ‘मुखले भनेर मात्र समृद्धि आउँदैन, हाम्रो संस्कार र संस्कृति बदलेर काम गर्नु पर्छ।’
नागरिकबाट





























प्रतिक्रिया