दोलखा
दोलखामा भूकम्पपीडितहरू अनुदान लिन मध्यरात देखि लाइनमा बस्नु पर्ने अवस्था सिर्जना भएको छ । केही दिन यता भूकम्पपीडितहरू अनुदान लिनका लागि बैंकमा रातभर लाइनमा बस्नु परेको हो । "/>

भूकम्पपीडितहरू अनुदान लिन रातभरि बैंकमा लाइन

भूकम्पपीडितहरू अनुदान लिन रातभरि बैंकमा लाइन

केन्द्रबिन्दु
0
Shares

दोलखा
दोलखामा भूकम्पपीडितहरू अनुदान लिन मध्यरात देखि लाइनमा बस्नु पर्ने अवस्था सिर्जना भएको छ । केही दिन यता भूकम्पपीडितहरू अनुदान लिनका लागि बैंकमा रातभर लाइनमा बस्नु परेको हो । बैंक तथा वित्तीय संस्थाहरूले अनुदानको रकम भुक्तानीलाई सहज व्यवस्था नमिलाउँदा भूकम्प पीडितहरू रातभर लाइन बस्न बाध्य भएका हुन् । स्थायी आवास पुनर्निर्माण सुरु गरेर अनुदान लिन सदरमुकाम आएका पीडितहरू चार दिन सम्म बस्दा पनि भुक्तानी नपाएपछि अन्योलमा परेका छन् । निजी बैंकहरूले भुक्तानीलाई सहज व्यवस्थापन नगर्दा यस्तो समस्या आएको हो । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ६ र ७ फस्कुका भूकम्पपीडित अनुदान भुक्तानीका लागि चार दिन देखि सदरमुकाममा छन् ।

अनुदान लिन आएका जेष्ठ नागरिक र अपांगता भएका व्यक्ति बिरामी समेत पर्न थालेका छन् । कतिपय भूकम्पपीडितले ५ पटक धाउँदा पनि अनुदान नपाएको गुनासो गरे । फस्कुका उमेश विश्वकर्माले चरिकोटस्थित सिटिजन बैंकमा अनुदान भुक्तानी लिन ५ पटक धाउँदा २० हजार खर्च भएको बताए । बैंक अगाडि भेटिएका विकले अहिले सम्म पहिलो किस्ता नै पाउन नसकेको गुनासो गरे ।
कारोबारबाट

 

Skip This
Skip This
Logo