दार्चुला
दार्चुलाको चमेलियामा वैशाख अन्तिम साता थप ८ मेगावाट विद्युत थपिने भएको छ । शैल्यशिखर नगरपालिका–२ देथलामा अपी पावर कम्पनी लिमिटेडद्वारा निर्माण भइरहेको माथिल्लो नौगाडले उत्पादन गर्ने विद्युत चमेलियामा थपिने भएको हो । "/>

आगामी वैशाखबाट चमेलियामा ८ मेगावाट विद्युत थपिने

आगामी वैशाखबाट चमेलियामा ८ मेगावाट विद्युत थपिने

केन्द्रबिन्दु
0
Shares

दार्चुला
दार्चुलाको चमेलियामा वैशाख अन्तिम साता थप ८ मेगावाट विद्युत थपिने भएको छ । शैल्यशिखर नगरपालिका–२ देथलामा अपी पावर कम्पनी लिमिटेडद्वारा निर्माण भइरहेको माथिल्लो नौगाडले उत्पादन गर्ने विद्युत चमेलियामा थपिने भएको हो ।

निजी क्षेत्रबाट उत्पादन भइरहेको माथिल्लो नौगाड साना लघु जलविद्युतले वैशाख अन्तिम साता उत्पादन सुरु गर्ने तयारी भइरहेको आयोजना प्रमुख भुपाल अधिकारीले जानकारी दिए । गत २७ माघमा शैल्यशिखर नगरपालिका–१ शिखरबाट चमेलियामा ३० मेगावाट विद्युत उत्पादन भइरहेको छ । नौगाडबाट उत्पादन हुने विद्युत सिधै बलाँचमा रहेको चमेलिया जलविद्युत आयोजनाको १३२ केभी प्रसारण लाइनमा जोडिनेछ ।

०७३ पुस देखि निर्माण सुरु गरेको माथिल्लो नौगाडले १७ देखि १८ महिनामा विद्युत उत्पादन गर्ने जनाएको छ । हाल नौगाडको निर्माण कार्य झन्डै ८० प्रतिशत सकिएको छ । विद्युतको इन्टेक निर्माणको कार्य भइरहेको छ । नौगाड गाउँपालिकाको धुलीगडा भएर बग्ने नौगाड खोलामा विद्युत निकाल्ने काम भइरहेको छ । यसअघि सोही ठाउँको देथलामा ८ दशमल ८ मेगावट विद्युत उत्पादन भइसकेको छ । अपी पावर कम्पनीले नै उक्त ठाउँमा विद्युत निकालेको थियो ।
राजधानीबाट

Skip This
Skip This
Logo