काठमाडौँ
राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारी दिने भएको छ । कांग्रेसले उम्मेदवारीको औपचारिक घोषणा गर्न भने बाँकी छ । "/>

राष्ट्रपति निर्वाचनमा कांग्रेसले पनि उम्मेदवारी दिने

राष्ट्रपति निर्वाचनमा कांग्रेसले पनि उम्मेदवारी दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारी दिने भएको छ । कांग्रेसले उम्मेदवारीको औपचारिक घोषणा गर्न भने बाँकी छ । पार्टी भित्र राष्ट्रपति पदमा उम्मेदवारी दिने बारे छलफल भएको र उम्मेदवारी दिनेमा सहमति समेत बनिसकेको बताइएको छ । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । वाम गठबन्धनको सहजै बहुमत जुट्ने भए पनि कांग्रेसले संसदीय अभ्यास अनुसार उम्मेदवारी दिने कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । ‘हार वा जितको कुरा होइन, हामी आफ्नो उम्मेदवार खडा गर्छौं,’ उनले भने ।

स्रोतका अनुसार कांग्रेसले मान बहादुर विश्वकर्मालाई राष्ट्रपति पदका लागि उम्मेदवार बनाउने तयारी गरेको छ । दलित वर्गको प्रतिनिधित्व गर्ने तथा पुराना नेता भएका कारण पनि उनलाई उम्मेदवार बनाउनेमा पार्टी भित्र एकमत रहेको स्रोतले जनाएको छ । वाम गठबन्धनले भने वर्तमान राष्ट्रपतिलाई नै दोहो¥याउने तयारी गरेको छ । राष्ट्रपति विद्या भण्डारीले समेत अर्को कार्यकालका लागि इच्छा प्रकट गरेका कारण गठबन्धनले उनको विकल्प नखोज्ने आन्तरिक सहमति गरिसकेको बताइन्छ । वाम गठबन्धनमा भएको सहमति अनुसार एमालेले राष्ट्रपति र माओवादी केन्द्रले उपराष्ट्रपति पदमा उम्मेदवारी दिनेछ । एमालेले भण्डारीलाई नै पुनः उम्मेदवार बनाएमा माओवादी केन्द्रले समेत उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहो¥याउने तयारी गरेको छ । वाम गठबन्धनले पनि उम्मेदवारको बारेमा औपचारिक निर्णय गरिसकेको छैन ।
फागुन २९ गते राष्ट्रपति पदका लागि निर्वाचन गर्ने कार्यतालिका छ ।

Skip This
Skip This
Logo