काठमाडौँ
सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लगायतका आकर्षक कार्यक्रम बर्सेनि ल्याइरहे पनि हालसम्म उत्पादनको अवस्था भने नाजुक देखिएको छ । नेपालमा विद्युत उत्पादन सुरु भएको एक सय वर्ष भन्दा बढी भइसके पनि प्रतिवर्ष करिब ६ मेगावाट मात्र उत्पादन हुन सकेको अवस्था छ । विगतको यस्तो अनुभवका आधारमा पनि विद्युत उत्पादनको आगामी बाटो सहज नभएको विज्ञहरुको भनार्इ छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरूमा सरकार र ऊर्जा क्षेत्रका अधिकारी र विज्ञहरूले गर्वका साथ भन्ने गरेका छन्, “नेपालको पानी अधिकत्तम उपयोग गरेमा २ लाख मेगावाट त जलविद्युत उत्पादन हुन्छ ।” तर जब अहिले सम्मको उत्पादन स्थिति कस्तो छ भन्ने प्रश्न आउँछ, त्यतिबेला भने लज्जाजनक अवस्था देखिन्छ । पछिल्लो समय १३ मेगावाटको सिक्लेस हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित माड्कुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएसँगै नेपालको कुल उत्पादन १ हजार मेगावाट नाघेको छ ।
नेपालमा जलविद्युत उत्पादन सुरु भएको १ सय ६ वर्षपछि बल्ल एक हजार मेगावाट विद्युत उत्पादन क्षमता नाघेको हो । विद्युत प्राधिकरणका अनुसार माड्कु खोलाको परीक्षण उत्पादन सुरु भइसकेको छ भने व्यापारिक उत्पादन भने केही दिनमै हुँदैछ । हाल नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको कुल उत्पादन ९ सय ९१ मेगावाट रहेकोमा यो १३ मेगावाटको आयोजना परीक्षण उत्पादन मेगावाट थपिएसँगै एक हजार मेगावाट विद्युत उत्पादन नाघेको विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
कारोबारबाट































प्रतिक्रिया