धरान
भाइबरबाट लट्री परेको सूचना पठाएर १० लाख ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । उनीहरूले २५ लाख सम्म लट्री परेको सूचना भाइबरबाट पठाउने गरेका थिए । लट्री परेको भन्दै रकम माग्ने मुख्य योजनाकार भने अझै पक्राउ परेका छैनन् । इलाका प्रहरी कार्यालय धरानले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को सहयोगमा विराटनगर र काठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको हो ।
धरानका रमेश कुमार श्रेष्ठको जाहेरीका आधारमा विराटनगर र काठमाडौँबाट पाँच जना पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए । पैसा रिसिभ गर्ने पक्राउ परे पनि मुख्य योजनाकार भने भारत या पाकिस्तानमा रहेको हुन सक्ने प्रहरीको अनुमान गरिएको छ ।
पक्राउ पर्नेमा विराटनगरका २३ वर्षीय असिम महत, उनी आमा ४० वर्षीय अनिता महत (राउत), नवलपरासी घर भई काठमाडौँ बस्ने ३० वर्षीय यसकुमार थापा मगर, लम्जुङ घर भई काठमाडौँ बस्ने ३७ वर्षीय प्रितम गुरुङ र बाग्लुङ घर भई काठमाडौं बस्ने टीकाराम जैसी छन् । महत आमा छोरालाई गत १० माघमा विराटनगरबाट पक्राउ गरिएको डिएसपी पौडेलले जानकारी दिए । उनीहरूकै बयानका आधारमा १४ फागुनमा थापा र गुरुङ तथा १५ फागुनमा जैसी काठमाडौंबाट पक्राउ परेका हुन् ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया