काठमाडौं
संघीय समाजवादी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधान संशोधन नभए सम्म आफूहरु वाम गठबन्धनको सरकारमा समावेश नहुने बताएका छन् ।शुक्रबार यहाँ आयोजित साक्षात्कारमा उनीहरुले मधेशी जनताको भावना अनुरुप संविधानमा संशोधन हुनु पर्नेमा जोड दिँदै सरकारमा जाने कुरा आफूहरुको दोस्रो प्राथमिकता भएको बताए । फोरमका महासचिव रामसहाय यादवले ‘अधुरो र अपूरो’ संविधान संशोधन गर्ने लिखित प्रतिबद्धता नेकपा (एमाले) बाट नआए सम्म सरकारमा नजाने बताए । उनले २ नं प्रदेशलाई मधेश प्रदेश नामकरण गर्न पहल गरिने पनि बताए ।
राजपाका नेता मनिष सुमनले वाम गठबन्धनले फोरमसँग गम्भीर रुपमा वार्ता गरिरहेको भए पनि आफूहरुलाई भने बेवास्ता गरेको गुनासो गर्दै मधेश आन्दोलन शब्द संविधानमा लेख्न कन्जुस्याइँ गरिएको बताए ।
नागरिकबाट































प्रतिक्रिया