धनगढी
प्रदेश नम्बर ७ को बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकार भित्र रहने विभिन्न समितिको नेतृत्वको जिम्मेवारी तोकेको छ । "/>

प्रदेश नं. ७ : मन्त्रिपरिषद बैठक, विभिन्न समितिको जिम्मेवारी बाँडफाँड

प्रदेश नं. ७ : मन्त्रिपरिषद बैठक, विभिन्न समितिको जिम्मेवारी बाँडफाँड

केन्द्रबिन्दु
0
Shares

धनगढी
प्रदेश नम्बर ७ को बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकार भित्र रहने विभिन्न समितिको नेतृत्वको जिम्मेवारी तोकेको छ । मुख्य मन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले राजनीतिक समितिको नेतृत्व सामाजिक विकासमन्त्री दीर्घ बहादुर सोडारी, सामाजिक र पूर्वाधार विकास समितिको नेतृत्व आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह र प्रशासन तथा विधेयक समितिको नेतृत्व भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहराले गर्ने निर्णय भएको बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिए ।

बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ र कार्य सम्पादन नियमावली २०७४ अनुरुप विषयगत मन्त्रालयले प्राथमिकता तोकेर कार्ययोजना समेत बनाई तत्काल लागु गर्दै जाने निर्णय गरेको छ ।

यस्तै प्रदेश सरकारका भवन र निवास सवारी साधन लगायतको समन्वय, व्यवस्थापन र अनुगमन गर्न भौतिक पूर्वाधार विकासमन्त्रीलाई जिम्मेवारी दिने र प्रदेश सरकारका निकायमा खटिने कर्मचारीको व्यवस्थापन र समन्वय गर्न आन्तरिक मामिला तथा कानून मन्त्रीलाई र प्रदेशका सहरी क्षेत्रमा सवारी साधनको समुचित व्यवस्थापनमा ध्यान दिन भौतिक पूर्वाधार मन्त्री र स्वास्थ्य क्षेत्रको अनुगमन सामाजिक विकास मन्त्रीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।
नागरिकबाट

Logo